BIZMANDU
www.bizmandu.com

भारतमा भ्रमणका बारेमा संसदलाई जवाफ दिनुपर्ने एमालेको माग, सांसदले उठाए विभिन्न मुद्दा

२०८१ जेठ २९

भारतमा भ्रमणका बारेमा संसदलाई जवाफ दिनुपर्ने एमालेको माग, सांसदले उठाए विभिन्न मुद्दा
भारतमा भ्रमणका बारेमा संसदलाई जवाफ दिनुपर्ने एमालेको माग, सांसदले उठाए विभिन्न मुद्दा

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जानकारी गराउन माग गरेका छन्।

Tata
GBIME

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रचण्ड हालै भारती प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भन्ने प्रतिक्रिया दिएको उल्लेख गर्दै भ्रमणबारे जानकारी गराउनुपर्ने बताएका हुन्।

उनले भारतसँग सीमा समस्या यथावत रहेको भन्दै भने, ‘भारत भ्रमणमा केके भयो ? नेपाल-भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’

नेमकिपाका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउनु पर्ने बताएका थिए।

यस्तै,  सांसदहरुले तापक्रम वृद्धि, हावाहुरीका कारण भएको क्षति, कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धार, सडक पूर्वाधार निर्माण देखि विभिन्न विषयमा सरकारसँग जवाफ मागेका थिए।