BIZMANDU
www.bizmandu.com

आइटी क्षेत्रले अर्थतन्त्र ‘ड्राइभ’ गर्न सक्छ, कम्पनी स्थापनाअघि नै कर हिसाब गर्नहुन्न : अर्थमन्त्री

२०८१ जेठ २९

आइटी क्षेत्रले अर्थतन्त्र ‘ड्राइभ’ गर्न सक्छ, कम्पनी स्थापनाअघि नै कर हिसाब गर्नहुन्न : अर्थमन्त्री
आइटी क्षेत्रले अर्थतन्त्र ‘ड्राइभ’ गर्न सक्छ, कम्पनी स्थापनाअघि नै कर हिसाब गर्नहुन्न : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रले नेपालको समग्र अर्थतन्त्र नै ‘ड्राइभ’ गर्न सक्ने बताएका छन्। उनले त्यसैकारण सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।

Tata
GBIME
NLIC

मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा पुनले नयाँ चरणको आर्थिक सुधारलाई आगामी आर्थिक वर्षको बजेटले डोहोर्‍याउने दाबी गरे। यसलाई निजी क्षेत्रले ‘ड्राइभ’ गर्ने उनले बताए।

उनले सरकार फेरिने क्रम सामान्य भए पनि नीतिको निरन्तरता मुख्य विषय भएको बताए। सरकारले सूचना प्रविधि क्षेत्रमा रहेका नीतिलाई पनि स्थिर र समयसापेक्ष बनाउने भन्दै डिजिटल पुस्तालाई सुहाउँदो गरि काम अघि बढाउनुपर्ने आवश्यकता औंलाए।

‘मैले यो पटक सञ्चारमन्त्रीसँग धेरै छलफल गरें। सूचना प्रविधि क्षेत्रमा म आफैं विदेश पुग्दा सम्भावना देखें। त्यसैले सबैसँगको सल्लाहमा आगामी बजेट तयार गर्‍यौं,’ पुनले भने।

आइटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्ने भन्दै सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको कुरामा उनको जोड थियो।

अरु वस्तु तथा सेवा निर्यात गर्दा बल्लबल्ल १ खर्बको निर्यातमा पुगेको अवस्थामा आइटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके खर्बौं रुपैयाँ निर्यातबाट आर्जन गर्न सकिने उनले बताए।

आइटी उद्योगलाई विस्तारका लागि करका दर अन्धाधुन्ध नचलाउने घोषणा पनि उनले सो अवसरमा गरेका छन्।

यस्तै, पुनले सरकारले कुनै कम्पनी ‘इस्ट्याब्लिस’ हुनुअघि नै मोटो कर हिसाब गर्ने प्रवृत्तिको आफू सधैं विपक्षमा रहेको त्यसक्रममा जानकारी दिए। पुनले केही कमाएपछि मात्रै कर उठाउने रणनीति सरकारको रहेको बताए।