BIZMANDU
www.bizmandu.com

सूचना प्रविधि ‘इमर्जिङ’ क्षेत्र, निजी क्षेत्रको प्रयासलाई सरकारले थप सहजीकरण गर्ने : सञ्चार मन्त्री

२०८१ जेठ २९

सूचना प्रविधि ‘इमर्जिङ’ क्षेत्र, निजी क्षेत्रको प्रयासलाई सरकारले थप सहजीकरण गर्ने : सञ्चार मन्त्री
सूचना प्रविधि ‘इमर्जिङ’ क्षेत्र, निजी क्षेत्रको प्रयासलाई सरकारले थप सहजीकरण गर्ने : सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डेढ वर्षको अन्तरालमा सूचना प्रविधि क्षेत्र अपार सम्भावना भएको क्षेत्रको रुपमा अघि बढाउन सफल भएको बताएकी छन्।

Tata
GBIME

मंगलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा शर्माले सूचना प्रविधि इमर्जिङ क्षेत्रका रुपमा देखिएको भन्दै निजी क्षेत्रले गरिरहेको प्रयासलाई सरकारले थप सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

सूचना प्रविधि क्षेत्रमा हुने गरेका अनियमितता थाहै नपाउने स्थिति देखिएको भन्दै अरु क्षेत्रमा भएका अनियमितता जस्तै गरि उजागर गरिनुपर्ने उनले बताइन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै आइटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने उनले बताइन्। दशकमा हरेक वर्ष गर्नुपर्ने कामलाई पहिल्याउन अर्थ मन्त्रालयसँग कार्यदल गठनका लागि छलफल भइरहेको उनले जानकारी दिइन्।

बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई सोहीअनुसार परिचालन गर्ने मन्त्री शर्माले बताइन्।

उनले स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार गम्भीर रहेको बताइन्।