BIZMANDU
www.bizmandu.com

नाडा अटो शो यसपालि भदौ ११ देखि १६ गतेसम्म, ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान

२०८१ जेठ २८

नाडा अटो शो यसपालि भदौ ११ देखि १६ गतेसम्म, ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान
नाडा अटो शो यसपालि भदौ ११ देखि १६ गतेसम्म, ६८ वटा ब्रान्ड सहभागी हुने अनुमान

काठमाडौं। यो वर्ष ‘नाडा अटो शो’ आगामी भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको सोमबार बसेको कार्यसमिति बैठकले नाडा अटो शोको मिति तय गरेको हो।

Tata
GBIME

‘कार्यसमितिको आज बसेको बैठकले आगामी भदौ ११ देखि १६ गतेसम्म नाडा अटो शो गर्ने निर्णय गरेको छ,’ नाडाको कार्यसमितिका एक सदस्यले भने।

बैठकले अटो शोका लागि अनुपकुमार बराललाई सहसंयोजकमा तोकेको छ। उनी यसअघिको शोमा पनि सहसंयोजक थिए। १५औं संस्करणको नाडा अटो शो गत वर्ष भदौ २६ देखि ३१ गतेसम्म भएको थियो।

नाडाले गरेको सर्भे अनुसार यो पटक ६८ वटा ब्रान्ड अटो शोमा सहभागी हुनेछन्। जसमा २३ वटा चारपाङ्ग्रे, १९ वटा दुई पाङ्ग्रे, ८ वटा कमर्सियल ब्रान्ड हुन्। यस्तै कम्पोनेन्टमा १८ वटा ब्रान्डले अटो शोमा भाग लिने निश्चित जस्तै रहेको कार्यसमितिका ती सदस्यले जानकारी दिए।

अटो शोका लागि बुकिङ भने असार १ गतेदेखि ७ गतेसम्म खुला हुनेछ। व्यवसायीहरुका अनुसार यसपालिको अटो शो पनि इभीमय हुने निश्चितजस्तै छ।