BIZMANDU
www.bizmandu.com

एनएसीकी वरिष्ठ क्याप्टेन पन्तको निलम्बन फुकुवा, देखिएन गल्ती, लामा भने कारबाहीमै

२०८१ जेठ २८

एनएसीकी वरिष्ठ क्याप्टेन पन्तको निलम्बन फुकुवा, देखिएन गल्ती, लामा भने कारबाहीमै
एनएसीकी वरिष्ठ क्याप्टेन पन्तको निलम्बन फुकुवा, देखिएन गल्ती, लामा भने कारबाहीमै

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)की वरिष्ठ क्याप्टेन भावना पन्तले पुनः उडान थालेकी छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निलम्बन फुकुवा गरेसँगै उनले उडान थालेकी हुन्।

Tata
GBIME
Nepal Life

निगमको न्यारोबडी जहाजकी वरिष्ठ क्याप्टेन पन्तले आइतबार काठमाडौं-मुम्बई गरेकी छन्। विमानस्थल परिसरमा जथाभावी अन्तर्वार्ता दिएको भन्दै क्यानले जेठ २१ गते पन्त तथा फोटो र भिडियो खिचेको भन्दै एनएसीका अर्का वरिष्ठ क्याप्टेन विजय लामालाई ग्राउण्डेड गरेको थियो।

तर, विमानस्थल परिसरमा पन्तले क्यानको अनुमतिमै अन्तर्वार्ता दिएको खुलेको छ। त्यही कारण क्यानले पन्तको निलम्बन फुकुवा गरेको हो। ‘सोधपुछका क्रममा प्राधिकरणको अनुमति लिएर नै अन्तर्वार्ता दिएको पाइएपछि क्याप्टेन पन्तको निलम्बन फुकुवा गरेका हौं,’ क्यानका प्रवक्ता हंशराज पाण्डेले भने।

क्यानले उजुरीका आधारमा पन्तलाई ग्राउण्डेड गरेको थियो। उनले विमानस्थल परिसरमा अन्तर्वार्ता दिएको भने २ वर्ष अगाडि नै हो। ‘मैले त्यतिखेर विमानस्थल परिसरमा अन्तर्वार्ता दिंदा क्यानको अनुमति लिएको थिएँ। कसैले उजुरी दिएपछि कारबाहीमा परेकामा मेरो दोष नरहेको पुष्टि भएपछि क्यानले निलम्बन फुकुवा गरिसकेको छ। मैले उडान थालिसकेकी छु,’ पन्तले भनिन्।

क्यानले अर्का पाइलट लामाको निलम्बन भने फुकुवा गरेको छैन।