BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकहरुमा सस्तियो कर्जा, औसत ब्याजदर २.३१% विन्दुले घटेर १०.३४ प्रतिशत

२०८१ जेठ २८

वाणिज्य बैंकहरुमा सस्तियो कर्जा, औसत ब्याजदर २.३१% विन्दुले घटेर १०.३४ प्रतिशत
वाणिज्य बैंकहरुमा सस्तियो कर्जा, औसत ब्याजदर २.३१% विन्दुले घटेर १०.३४ प्रतिशत

काठमाडौं। वाणिज्य बैंकहरुमा कर्जाको ब्याजदर २.३१ प्रतिशत विन्दुले सस्तिएको छ। पछिल्लो एक वर्षमा ऋणीहरुले तिर्ने कर्जाको ब्याजदर २.३१ प्रतिशत विन्दुले सस्तिएको हो।

Tata
GBIME

पोहोर वैशाखमा वाणिज्य बैंकका ऋणीले कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत तिरेकामा २०८१ वैशाखमा आइपुग्दा १०.३४ प्रतिशतमा झरेको छ।

आर्थिक गतिविधिमा सुस्तताका कारण अपेक्षित रुपमा कर्जाको माग नभएपछि बैंकहरुले केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएकामा लागत कम भएर आधार दर घटेपछि ऋण सस्तिन पुगेको हो।

वैशाख मसान्तमा वाणिज्य बैंकको निक्षेपको औसत ब्याजदर ६.३५ प्रतिशतमा आएको छ। गत वर्ष सोही अवधिमा निक्षेपको औसत ब्याजदर ८.०८ प्रतिशत थियो।