काठमाडौं। सेयर बजार परिसूचक सोमबार ८.९० अंकले बढेको छ। बजारमा करिब साढे ५ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।
बजार खुलेदेखि नै उतारचढाव देखिएको नेप्से अन्तिममा बढेर २०८२.०९ विन्दुमा पुगेको छ। बैंकिङ, व्यापार, होटल, जीवन बीमा र म्युचुअल फण्डबाहेकका बाँकी उपसमूहले नेप्से बढाएका हुन्।
जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ भने म्युचुअल फण्डको सूचक ३.७४ प्रतिशतले ओरालो लागेको छ।
६१ कम्पनीका लगानीकर्ताले गुमाउँदा १७६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा कुथेली बुखरी हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी र पिपल्स पावर छन्। यी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीका लगानीकर्ताले ८.६७ प्रतिशतले गुमाएका छन्।
बजारमा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै ४१ करोड ८७ लाखको सेयर कारोबार भएको छ।