BIZMANDU
www.bizmandu.com

भारतमा टीभीएस आईक्युब स्कुटरको च्यासिस भाँचिएपछि ४५ हजार स्कुटर फिर्ता

२०८१ जेठ २८

भारतमा टीभीएस आईक्युब स्कुटरको च्यासिस भाँचिएपछि ४५ हजार स्कुटर फिर्ता
भारतमा टीभीएस आईक्युब स्कुटरको च्यासिस भाँचिएपछि ४५ हजार स्कुटर फिर्ता

काठमाडौं। टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्युबको च्यासिस भाँचिएपछि ४५ हजार स्कुटर फिर्ता बोलाएको छ। टीभीएस आइक्यूबको च्यासिस ड्यामेज भएको घटना बाहिर आएपछि कम्पनीले सो स्कुटरहरु फिर्ता बोलाएको हो।

Tata
GBIME
Nepal Life

आइक्युब किनेर चलाइरहेका मोहित बडायाले एक भिडियो सार्वजनिक गर्दै आइक्युबमा रहेको समस्या बाहिर ल्याएका थिए। उनले ल्याएको भिडियोमा टीभीएस आइक्यूबको च्यासिस कुनै पनि दुर्घटना नहुँदै ड्यामेज भएको देखिन्छ। उक्त पोष्ट भाइरल भएसँगै कम्पनीले समस्याको पहिचान गरी आइक्युब ‘रिकल’ गरेको हो।

कम्पनीले २०२३ को जुलाई १० देखि सेप्टेम्बर ९, २०२३ सम्म उत्पादन भएका आईक्युब स्कुटर फिर्ता बोलाएको हो। यो बिचमा उत्पादन भएका स्कुटरहरु नेपाली बजारमा पनि उपलब्ध छन्। यो अवधिमा ४५ हजार आईक्युब स्कुटर उत्पादन भएर बिक्री भएका थिए। यसका लागि लाग्ने कुनै पनि खर्च ग्राहकहरुले तिर्नु नपर्ने कम्पनीले जनाएको छ। कम्पनीले कति युनिटमा यस्तो समस्या छ भन्ने कुरा नखुलाएपनि गत वर्ष अगस्टदेखि अक्टोबरमा ४५ हजार युनिट बिक्री भएका थिए।

यो समयमा उत्पादन भएको आईक्युब स्कुटर नेपाली बजारमा पनि आएको छ। जसमा २०२३ को  अक्टोबर र नोभेम्बरमा आईक्युब स्कुटर नेपाल आयात गरिएको छ।  

धेरैजसो स्कुटरलाई पार्ट्स रिप्लेसमेन्ट मात्र आवश्यक पर्ने टीभीएसले जनाएको छ। आवश्यक भएमा कम्पनीले पूरै च्यासिस रिप्लेसमेन्ट गर्नेछ। यो प्रक्रियामा ग्राहकलाई कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ।