BIZMANDU
www.bizmandu.com

वाइ वाइले ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, क्यानलाई ६० लाख रुपैयाँ सहयोग

२०८१ जेठ २८

वाइ वाइले ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, क्यानलाई ६० लाख रुपैयाँ सहयोग
वाइ वाइले ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, क्यानलाई ६० लाख रुपैयाँ सहयोग


काठमाडौं । सिजी फुड्सले वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट सार्वजनिक गरेको छ। अमेरिका र वेस्ट इन्डिजमा टी-२० विश्वकप जारी रहँदा सिजीले यो प्याकेट ल्याएको हो।

Tata
GBIME
NLIC

जारी विश्वकपमा नेपाल पनि प्रतिस्पर्धामा छ। आज एक कार्यक्रम आयोजना गरि सिजीले नेपाल क्रिकेट संघलाई क्रिकेट क्षेत्रको विकासका लागि ६० लाख रुपैयाँ सहयोग दिने पनि घोषणा गरेको छ।

क्यानसँगको सहकार्यमा सिजीले नयाँ एडिसन प्याकेट ल्याएको जनाएको छ। वाइवाइले हाल पुरुष अन्डर १९ क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको छ।

अब भने वाइ वाइले नेपाली महिला अन्डर १९ टोलीलाई पनि प्रायोजन गर्ने भएको छ। त्यसका लागि ३० लाख रुपैयाँ क्यानलाई दिइनेछ।

वाइ वाइले यसअघि विश्वकपमा खेलिरहेका नेपाली टोलीले रन, विकेट र शतक बनाए बापत् रकम उपलब्ध गराउने घोषणा पनि गरेको थियो।