BIZMANDU
www.bizmandu.com

बसपछि अब इलेक्ट्रिक माइक्रो संचालन गर्दै साझा, २५ वटा गाडीका लागि टेन्डर आह्वान

२०८१ जेठ २८

बसपछि अब इलेक्ट्रिक माइक्रो संचालन गर्दै साझा, २५ वटा गाडीका लागि टेन्डर आह्वान
बसपछि अब इलेक्ट्रिक माइक्रो संचालन गर्दै साझा, २५ वटा गाडीका लागि टेन्डर आह्वान

काठमाडौं । साझा यातायातले इलेक्ट्रिक माइक्रोबस र स्कुटर खरिद गर्ने भएको छ। सोमबार कम्पनीले २५ वटा इलेक्ट्रिक माइक्रोबस र ५ वटा इलेक्ट्रिक स्कुटर खरिदका लागि टेन्डर आह्ववान गरेको हो।

Tata
GBIME
NLIC

टेन्डरमा सहभागी हुन बिक्रेताहरुले एक महिनाभित्र साझामा आवदेन दिन सक्नेछन्। टेन्डर प्रतिस्पर्धाबाट बोलकबोल गरिने भएकाले माइक्रोबसका लागि आवेदन दिनेले ३० लाख रुपैयाँ र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। माइक्रो र स्कुटरका लागि साझाले १५ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ।

टेन्डर जुलाई १० गते दिउँसो साढे १ बजे खोलिने कम्पनीले जनाएको छ।

यससँगै ठूला बस चलाउँदै आइरहेको साझाले अब इलेक्ट्रिक माइक्रोबस समेत चलाउने भएको छ। साझाले उक्त माइक्रोबसहरु काठमाडौं-सिन्धुली, काठमाडौं-रामेछाप, सिन्धुपाल्चोक जस्ता नजिकका रुटमा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।

उपत्यका बाहिर १५ वटा र उपत्यकाभित्र १० वटा माइक्रोबस संचालन गर्ने योजना साझाको छ।