BIZMANDU
www.bizmandu.com

होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’, प्रि बुकिङ गर्नुपर्ने

२०८१ जेठ २८

होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’, प्रि बुकिङ गर्नुपर्ने
होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड अफर’, प्रि बुकिङ गर्नुपर्ने

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराही काठमाडौंको इन्फिनिटी स्विमिङ पुलमा ‘विकेन्ड ब्रञ्च’ अफर सुरु भएको छ।

Tata
GBIME

अफर अन्तर्गत होटलको सातौं तलामा रहेको इन्फिनिटी स्विमिङ पुलमा शनिबार ग्राहकले छुट पाउनेछन्। ग्राहकले कर सहित २ हजार ५०० रुपैयाँमै स्विमिङ पुल र बफेट ब्रन्चको मज्जा लिन सक्ने होटलका महाप्रबन्धक रोशन सापकोटाले जानकारी दिए।

यस प्याकेजका लागि ग्राहकले प्रि बुकिङ गर्नुपर्नेछ। काठमाडौंको प्रिमियम लोकेसनमा रहेको यस होटलको स्विमिङ पुलमा आकर्षण बढ्दै गएपछि सर्वसाधारणका लागि अफर खुला ल्याइएको हो।

स्विमिङ पुल रहेको सातौं तलामा रेस्टुरेन्ट समेत रहेको छ। ग्राहकले प्याकेजमा पुल, बार, स्न्याक्स तथा रेस्टुरेन्ट समेतको सुविधानसमेत लिन सक्नेछन्।