BIZMANDU
www.bizmandu.com

सुनकोशी मरिन आयोजनाले पायो थप बजेट, रकमान्तर गरी वैशाखमा दिइयो १ अर्ब ४० करोड

२०८१ जेठ २७

सुनकोशी मरिन आयोजनाले पायो थप बजेट, रकमान्तर गरी वैशाखमा दिइयो १ अर्ब ४० करोड
सुनकोशी मरिन आयोजनाले पायो थप बजेट, रकमान्तर गरी वैशाखमा दिइयो १ अर्ब ४० करोड


काठमाडौं। सरकारले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई रकमान्तर गरी थप १ अर्ब ४० करोड रुपैयाँ दिएको छ।

Tata
GBIME
NLIC

अर्थ मन्त्रालयले आयोजनाका लागि विनियोजित रकमले नपुगेको भन्दै वैशाख महिनामा थप १ अर्ब ४० करोड ५ लाख ९४ हजार रुपैयाँ दिएको हो।

आयोजनाको सुरुङ वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिएको थियो। आयोजनाले सिन्धुली र रामेछापको सिमानाबाट सुनकोशीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्‍याउने छ।

हाल सिंचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिंचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य छ।