BIZMANDU
www.bizmandu.com

कलंकीको चिया पसलबाट हजार दरका ५ सय थान नक्कली नोट बरामद, चियावाला नै पक्राउ

२०८१ जेठ २७

कलंकीको चिया पसलबाट हजार दरका ५ सय थान नक्कली नोट बरामद, चियावाला नै पक्राउ
कलंकीको चिया पसलबाट हजार दरका ५ सय थान नक्कली नोट बरामद, चियावाला नै पक्राउ


काठमाडौं। प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नक्कली नोटसहित शनिबार राति पक्राउ गरेको हो।

Tata
GBIME

डंगोलको साथबाट प्रहरीले नेपाली एक हजार दरका ५ सय १५ थान नक्कली नोट बरामद गरेको हो।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको पसल तलासी गर्दा नोट बरामद भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।