BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान, मोदीको सपथपछि आजै साँझ भेटवार्ता हुने

२०८१ जेठ २७

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान, मोदीको सपथपछि आजै साँझ भेटवार्ता हुने
प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान, मोदीको सपथपछि आजै साँझ भेटवार्ता हुने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्।भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन उनी दिल्ली गएका हुन्।

Tata
GBIME
NLIC

मोदीले नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) गठब्धनको नेतृत्व गर्दै सरकार गठन गर्दैछन्। आज साँझ साढे ७ बजे मोदीले सपथ लिँदैछन्। मोदीसँगै उनको मन्त्रिपरिषदमा रहनेले पनि सपथ लिनेछन्।

सपथ कार्यक्रम पछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आज साँझ नै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ। 

प्रचण्डसँगै नयाँ दिल्ली जाने टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्।

सपथग्रहण समारोहमा नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स लगायत देशका राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदैछन्।