BIZMANDU
www.bizmandu.com

माउन्टेन इनर्जी नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी २ अर्ब २६ करोड पुग्यो

२०८१ जेठ २७

माउन्टेन इनर्जी नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी २ अर्ब २६ करोड पुग्यो
माउन्टेन इनर्जी नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत, चुक्ता पुँजी २ अर्ब २६ करोड पुग्यो

काठमाडौं । माउन्टेन इनर्जी नेपालको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

Tata
GBIME

शुक्रबार कम्पनीको २९ लाख ५२ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिएको थियो।

यो सँगै माउन्टेन इनर्जी नेपालको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार १०० रुपैयाँ पुगेको छ।