BIZMANDU
www.bizmandu.com

धितोपत्र बोर्डमा पाँच महिनादेखि भ्याकुमका कारण रोकिएको काम अघि बढ्छ : अध्यक्ष राना

२०८१ जेठ २५

धितोपत्र बोर्डमा पाँच महिनादेखि भ्याकुमका कारण रोकिएको काम अघि बढ्छ : अध्यक्ष राना
धितोपत्र बोर्डमा पाँच महिनादेखि भ्याकुमका कारण रोकिएको काम अघि बढ्छ : अध्यक्ष राना


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले पुसदेखि रोकिएका काम अब अघि बढ्ने बताएका छन्।

Tata
GBIME
NLIC

बोर्डको ३२ औं वार्षिकोत्सव कार्यक्रममा उनले अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा अध्यक्षको हैसियतले आएसँगै बोर्ड बैठक राख्न सुरू गरिएको बताएका हुन्।

‘पाँच महिनादेखि अध्यक्ष नहुँदा धेरै कुरा भ्याकुम भएको छ। त्यो कुरालाई मिलाउनुपर्ने छ,’ उनले भने, ‘त्यसैगरी पुसदेखि ठप्प भएका काम अघि बढ्नेछ। केही समय लाग्छ, अध्ययन भइरहेको छ। बोर्डले पहिलो बैठक राखिसकेर छलफल गरिसकेको छ।’

त्यसैगरि लेखा समितिले दिएको निर्देशनललाई कसरी लिने भन्ने अध्ययन पनि भइरहेको उनले बताए।

`नियामक माथि अन्य निकायहरूले हेर्न मिल्छ। उनीहरूले दिएका निर्देशन सम्बोधन गर्नुपर्नेछ,´ उनले भने।