BIZMANDU
www.bizmandu.com

नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक अर्को साता काठमाडौंमा, के के छन् एजेण्डा ?

२०८१ जेठ २४

नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक अर्को साता काठमाडौंमा, के के छन् एजेण्डा ?
नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक अर्को साता काठमाडौंमा, के के छन् एजेण्डा ?


काठमाडौं । नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय छैंठौ बठक आगामी साता काठमाण्डौंमा बस्ने भएको छ। आगामी साता बस्ने बैंठकमा दुई पक्षबीच विद्युत व्यापारबारे छलफल हुनेछ।

GBIME
Tata

छैठौं बैठकमा विद्युत व्यापारमा ‘ब्रेक थ्रु’ गर्ने गरि तयारी गरिरहेको मन्त्रयालयका एक उच्च अधिकारीले जानकारी दिए।

सो बैठकमा नेपाल र बंगलादेशको ऊर्जा सचिव र सहसचिवहरु सहभागी हुनेछन्। बैठकमा नेपालले राख्ने एजेण्डाबारे मन्त्रालयले आन्तरिक गृहकार्य गर्न थालेको छ।

के के छ्न एजेण्डा ?

नेपालले विशेषत तीनवटा एजेण्डा प्रस्तुत गर्ने तयारी गरेको छ। बैठकको पहिलो एजेण्डा दुई देशबीच विद्युत व्यापार सम्झौताको विषयमा नै रहनेछ। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने इच्छा देखाएकोमा छैठौं बैठकमा ‘ब्रेक थ्रु’ गर्ने योजना रहेको ती उच्च अधिकारीले बताए।

यस्तै, बंगलादेशले सुनकोशी जलविद्युत आयोजना निर्माण गर्न पटक पटक चासो देखाइरहेको छ। बंगलादेशको प्राविधिक टोलीले आयोजना संचालन साइट समेत निरीक्षण गरिसकेको छ। यो जलविद्युत आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि तयार भइसकेको छ। यस आयोजनामा निर्माणबारे पनि छलफल गर्ने मन्त्रालयको तयारी छ।

बंगलबादेशसँग ४० मेगावाटभन्दा धेरै बिजुली कसरी निर्यात गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ। हाल नेपालले भारतसँगमात्र अन्तरदेशीय विद्युत व्यापार गरिरहेको छ।