BIZMANDU
www.bizmandu.com

डल्लासमा नेपाल खेलिरहँदा काठमाडौंको टोल टोलमा उमंग, टुँडिखेलमा क्रिकेट हेर्नेको घुइँचो

२०८१ जेठ २३

डल्लासमा नेपाल खेलिरहँदा काठमाडौंको टोल टोलमा उमंग, टुँडिखेलमा क्रिकेट हेर्नेको घुइँचो
डल्लासमा नेपाल खेलिरहँदा काठमाडौंको टोल टोलमा उमंग, टुँडिखेलमा क्रिकेट हेर्नेको घुइँचो


काठमाडौं । अमेरिकामा भइरहेको टी ट्वान्टी विश्वकपमा अहिले नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्। डल्लासमा भइरहेको खेलमा राइनो टोलीको समर्थनमा नेपाली दर्शकको उपस्थिति चाखलाग्दो छ।

Tata
GBIME
NLIC

कमेन्टेटरहरुका अनुसार मैदानमा ९० प्रतिशत समर्थन नेपालका छन्।

यता, काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ठूलो स्क्रिन राखेर खेलको प्रत्यक्ष प्रदर्शनी भइरहेको छ। काठमाडौंको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौं महानगरले नै स्क्रिन राखेर खेल प्रदर्शन गरिरहेको छ। अन्य स्थानमा टोलका सदस्यहरु मिलेर पनि खेल हेरिँदैछ।

यस्तै, भक्तपुर र ललतिपुरका विभिन्न क्षेत्रमा पनि स्क्रिन राखेर खेल प्रत्यक्ष प्रदर्शन भइरहेको छ।