BIZMANDU
www.bizmandu.com

सिद्धार्थ हस्पिटालिटीको अफर : धेरै रन बनाउने खेलाडीको अनुमान मिलाउनेलाई निःशुल्क सेवा

२०८१ जेठ २२

सिद्धार्थ हस्पिटालिटीको अफर : धेरै रन बनाउने खेलाडीको अनुमान मिलाउनेलाई निःशुल्क सेवा
सिद्धार्थ हस्पिटालिटीको अफर : धेरै रन बनाउने खेलाडीको अनुमान मिलाउनेलाई निःशुल्क सेवा


काठमाडौं। सिद्धार्थ हस्पिटालिटीले नेपाली क्रिकेटप्रेमीका लागि विशेष अफर सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार हुने नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा अत्यधिक रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुईजनालाई १ रातका लागि नि:शुल्क रुम र ब्रेकफास्ट सेवा दिने घोषणा गरेको छ।

नेपालले विश्वकप खेल्न लागेको खुसियालीमा यो अफर घोषणा गरिएको सिद्धार्थ हस्पिटालिटीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले बताए।

उनका अनुसार अफरमा भाग लिन चाहनेले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज वा अन्य सोसल मिडिया पेजमार्फत पठाउनु पर्नेछ।