BIZMANDU
www.bizmandu.com

निफ्राको सीइओ नियुक्ति प्रक्रिया लम्बियो, इच्छुकले आवेदन दिने समय १४ दिन थपियो

२०८१ जेठ २१

निफ्राको सीइओ नियुक्ति प्रक्रिया लम्बियो, इच्छुकले आवेदन दिने समय १४ दिन थपियो
निफ्राको सीइओ नियुक्ति प्रक्रिया लम्बियो, इच्छुकले आवेदन दिने समय १४ दिन थपियो

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि आवेदन दिन पाउने समय थप गरेको छ। सोमबार पुन: सूचना जारी गर्दै निफ्राले आवेदन नबुझाएकालाई लक्षित गर्दै थप १४ दिन समय थपेको हो। सीइओ बन्न प्रस्ताव बुझाइसकेकाहरुले भने पुन: आवेदन बुझाउनुनपर्ने निफ्राले जनाएको छ।  

Tata
GBIME
Nepal Life

निफ्राले रिक्त सीइओ पदका लागि गत चैत १५ गते दरखास्त आह्‍वान गरेको थियो।

सरकारले साथ नदिएको भन्दै निफ्राका तत्कालीन सीइओ रामकृष्ण खतिवडाले माघ पहिलो साता राजीनामा दिएका थिए। बैंकले उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै उनले कार्यकाल सकिनु एक वर्षअघि नै राजीनामा दिएका थिए।

खतिवडाले पुस २९ गते राजीनामा बुझाएका उनले बैंकको सञ्चालक समितिले माघ १ गते राजीनामा स्वीकृत गरेको थियो। राजीनामापछि समितिले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई कामु सीइओको जिम्मेवारी दिएको थियो।