BIZMANDU
www.bizmandu.com

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ २२ देखि, १० ओभरको खेलमा १६ टिम सहभागी हुने

२०८१ जेठ १९

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ २२ देखि, १० ओभरको खेलमा १६ टिम सहभागी हुने
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ २२ देखि, १० ओभरको खेलमा १६ टिम सहभागी हुने

काठमाडौं। महालक्ष्मी विकास बैंक ३०औं वर्षमा प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४ हुने भएको छ। जेठ २२ देखि २४ गतेसम्म इमाडोलको बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा खेल सञ्चालन हुने छ।

Tata
GBIME
Nepal Life

प्रतियोगितामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहने छ। लिगमा कुल ३१ खेल हुनेछन्। १६० जना खेलाडी सहभागी हुनेछन्। खेल १० प्रति इनिङ्स ओभरको हुने छ।

लिगमा ७ वाणिज्य बैंक, ८ विकास बैंक तथा एक वित्त कम्पनीको सहभागिता रहने छ। माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, ऐभरेष्ट बैंक, नबिल बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सको लिगमा सहभागिता रहने छ।