BIZMANDU
www.bizmandu.com

कतार एयरवेज विश्वकै उत्कृष्ट एभिएसन कम्पनी, टप २५ प्रिमियम एयरलाइन्समा को-को परे?

२०८१ जेठ १८

कतार एयरवेज विश्वकै उत्कृष्ट एभिएसन कम्पनी, टप २५ प्रिमियम एयरलाइन्समा को-को परे?
कतार एयरवेज विश्वकै उत्कृष्ट एभिएसन कम्पनी, टप २५ प्रिमियम एयरलाइन्समा को-को परे?


कतार एयरवेज विश्वकै उत्कृष्ट एभिएसन कम्पनी घोषित भएको छ। एयरलाइनरेटिङ्स डट कमले निकालेको सूचीमा कतार एयरवेजले पहिलो स्थान कायम राखेको हो।

Tata
GBIME
NLIC

सन् २०२३ मा एयर न्यूजिल्याण्डलाई पछि पार्दै कतार एयरवेज सूचीको पहिलो स्थानमा पुगेको थियो। त्यसयता कतारले आफ्नो दबदबा कायमै राखिरहेको छ।

सेफ्टी एन्ड प्रोडक्ट रेटिङसहित फि्ल्ट एज, इनोभेसन, यात्रुहरुको प्रतिक्रिया, व्यापार र विमान कम्पनीसँग जोडिने विभिन्‍न घटनाहरूलाई आधार बनाएर सूची तयार पारिएको हो।

यस्तै, सिंगापुर एयरलाइन्सले बेस्ट फस्ट क्लासको उपाधि जित्दा कतार एयरवेजले बेस्ट बिजनेस क्लास, इमिरेट्सले बेस्ट प्रिमियम इकोनमी र एयर न्यूजिल्याण्डले बेस्ट इकोनोमी क्लासको उपाधि जितेको छ। कतार एयरवेजले नै बेस्ट क्याटरिङ जित्दा भर्जिन अस्ट्रेलियाको क्याबिन क्रु उत्कृष्ट बनेको छ।

कतार प्रिमियम एयरलाइन्सको पहिलो नम्बरमा पर्दा कोरियन एयर दोस्रोमा छ। तेस्रोमा क्याथे प्यासेफिक पर्दा चौथोमा एयर न्यूजिल्याण्ड र पाँचौंमा इमिरेट्स छ।

यस्तै, एयरलाइनरेटिङ्सको आधारमा एयरएसिया ग्रुप, एयर बालटिक, एयर क्यानडा रफ, सेबु प्यासेफिक, इजीजेट, युरोइग्ङ्स, फ्लाइदुबई, फ्लाइएनएएस, जीओएल, जेटब्लु, जेट२, जेटस्टार ग्रुप, जेजु एयर, नर्वेजियन, पिच, रायन एयर, स्कुट, स्पाइस जेट, सन कन्ट्री एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स, ट्रान्सएभिया, भएजेट, भोलोटी, भुलिङ र विचएयर चाहिँ लो-कस्ट एयरलाइन्समा परेका छन्।