BIZMANDU
www.bizmandu.com

बजेटमा जलविद्युतः सुक्खायामको विद्युत माग पूर्ति गर्न चार आयोजना निर्माण सुरु गरिने

२०८१ जेठ १५

बजेटमा जलविद्युतः सुक्खायामको विद्युत माग पूर्ति गर्न चार आयोजना निर्माण सुरु गरिने
बजेटमा जलविद्युतः सुक्खायामको विद्युत माग पूर्ति गर्न चार आयोजना निर्माण सुरु गरिने

काठमाडौं। सरकारले सुक्खायाममा बिजुलीको मागलाई पूर्ति गर्न चार जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको छ।

GBIME
Tata

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाट क्षमताको दूधकोशी र ४ सय १७ मेगावाट क्षमताको नलसिङगाड जलाशययुक्त जलविद्युत आयोजना तथा २ सय ८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गर्ने घोषणा गरेका हुन्।

मुलुकमा बर्सेनि वर्षायाममा ऊर्जा उत्पादन अत्यधिक भए पनि हिउँदमा आन्तरिक उत्पादनले माग धान्दैन। आयातित विद्युतले काम चलाउनु परेको छ। अधिकांश आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) भएकाले पानीको बहाव घट्दा ऊर्जा उत्पादन घट्ने गरेको छ।

जलाशययुक्त आयोजनाको आवश्यकतालाई ध्यानमा राख्दै सरकारले निर्माण अघि बढाउने घोषणा बजेटमार्फत गरेको हो।