BIZMANDU
www.bizmandu.com

टीआईएको दोस्रो टर्मिनल निर्माण हुने, निजगढको लगानी ढाँचा तयारी सक्ने लक्ष्य

२०८१ जेठ १५

टीआईएको दोस्रो टर्मिनल निर्माण हुने, निजगढको लगानी ढाँचा तयारी सक्ने लक्ष्य
टीआईएको दोस्रो टर्मिनल निर्माण हुने, निजगढको लगानी ढाँचा तयारी सक्ने लक्ष्य

काठमाडौं। सरकारले उड्डयन क्षेत्र विस्तारका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गर्ने बजेटमा छ।

Tata
GBIME
Nepal Life

बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षमा लगानीको ढाँचा र पूर्व तयारी सम्पन्न गर्ने लक्ष्य राखिएको उल्लेख छ।

यसैगरी भरतपुर विमानस्थल विस्तार आगामी आर्थिक वर्षमै सम्पन्न गर्न ३६ करोड रुपैयाँ रकम बजेटमा राखिएको छ। सुर्खेत विमानस्थलको स्तरोन्नति, रोल्पाको बडा चौर, दाङको टारी गाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने बजेटमा छ।

संचालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, बैतडी, रुम्झाटार लगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइ ड्राइभिङ लगायत मनोरञ्जनात्मक साहसिक पर्यटनको रुपमा उपयोग गरिने जनाइएको छ।

पर्यटन क्षेत्रतर्फ सरकारले कुल ११ अर्ब ९१ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।