BIZMANDU
www.bizmandu.com

बजेटमा नवप्रवर्तनः व्यवसाय प्रवर्धन गर्न एक अर्बको स्टार्टअप कोष स्थापना गरिने

२०८१ जेठ १५

बजेटमा नवप्रवर्तनः व्यवसाय प्रवर्धन गर्न एक अर्बको स्टार्टअप कोष स्थापना गरिने
बजेटमा नवप्रवर्तनः व्यवसाय प्रवर्धन गर्न एक अर्बको स्टार्टअप कोष स्थापना गरिने

काठमाडौं। सरकारले नवप्रवर्तन (स्टार्टअप) उद्यमीलाई प्रोत्साहन गर्न स्टार्टअप कोष स्थापना गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कोष स्थापनको लागि बजेट विनियोजन गरेको बताएका हुन्। उक्त कोषको लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

स्टार्टअपमा आधारित व्यवसायीका लागि पुँजी जुटाउने सरकारी योजना भने हालसम्म सुस्त छ। कर्जा योजनामा पनि धेरै प्रकारका झन्झट छन्।

सरकारका निकायले आवेदन मागेर कार्ययोजना प्रस्तुति र छनोटका लागि व्यवसायीलाई लामो समय अलमल्याउँदै आएको छ।