काठमाडौं । सरकारले कृषि क्षेत्र सुधारका लागि सर्त सहित विशेष छुट दिने भएको छ। बजेटमा सरकारले सो छुटको व्यवस्था गरेको हो।
हिमाल र पहाडी क्षेत्रमा ५० रोपनी र तराईमा १० बिगाहामाथि खेती गर्नेलाई बिउबिजन तथा कृषि औजारमा सहुलियत दिने अर्थमन्त्री वर्षमान पुनले बताएका हुन्।
कृषि, जडिबुटी, पशुपालन लगायतका कृषि काम गर्ने व्यक्ति, फर्म र सहकारीलाई ब्याज अनुदान, प्राविधिक सहयोग र मेसिन आयत गर्दा कर छुट दिने भएको छ।
त्यस्तै, कृषि क्षेत्रको रुपान्तरण गर्ने कार्यक्रम अनुसार कृषि क्षेत्रमा लगानी गराउने उद्देश्यले २०८१ देखि २०८९ को अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ।