काठमाडौं। रात्रीकालीन व्यवसायीले ५ प्रतिशत मनोरञ्जन कर हटाउन बागमती प्रदेश सरकारलाई अल्टिमेटम दिएका छन्।
ठमेल पर्यटन परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले बागमती प्रदेशका बागमती मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर रात्रिकालीन व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवस्था हटाउन अल्टिमेटम दिएका हुन्। कर नहटाए व्यवसाय नै बन्द गर्ने परिषद्को चेतावनी छ।
व्यवसाय अहिले राम्रोसँग नचलेकाले ५ प्रतिशत कर तिर्न नसक्ने व्यवसायीहरुको भनाइ छ।
बागमती प्रदेशको आर्थिक ऐन २०८० मा रात्रीकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर लिने व्यवस्था छ। यो व्यवस्था हटाउन व्यवसायीले मुख्यमन्त्री जम्कट्टेलका अलावा अर्थ, पर्यटन र कानुन मन्त्रालयमा पनि ध्यानाकर्षण पत्र बुझाएका छन्।