BIZMANDU
www.bizmandu.com

चितवनमा ५ कट्ठामा लगाएको केरा एकै रातमा नष्ट, उपद्रोका आरोपित पक्राउ

२०८१ जेठ १४

चितवनमा ५ कट्ठामा लगाएको केरा एकै रातमा नष्ट, उपद्रोका आरोपित पक्राउ
चितवनमा ५ कट्ठामा लगाएको केरा एकै रातमा नष्ट, उपद्रोका आरोपित पक्राउ

काठमाडौं। चितवनमा पाँच कट्ठा जग्गामा लगाएको केरा खेती नष्ट गरेको घटनामा आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

घटनाको १० दिनपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने चारै जना नाबालक छन्। खैरहनी नगरपालिका-८ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

खैरहनी-३ को केराखेती गत जेठ १ गते राति ११ बजेको समयमा उनीहरूले नष्ट गरेको खुलेको प्रहरीले जनाएको छ।

करिब ३ सय १५ बोट केरा जथाभावी काटेर नष्ट गरेका उनीहरुविरुद्ध जिल्ला अदालत चितवनबाट आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यसअघि पनि चितवनमा यसरी नै केराखेती नष्ट गरिएको थियो। मदिरा सेवन र विवादको कारण यस्तो उपद्रो गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ।