BIZMANDU
www.bizmandu.com

मुलुकलाई ग्लोबल टेक हबका रूपमा विकास गर्न बजेटका लागि नास आइटीले दियो सुझाव

२०८१ जेठ १३

मुलुकलाई ग्लोबल टेक हबका रूपमा विकास गर्न बजेटका लागि नास आइटीले दियो सुझाव
मुलुकलाई ग्लोबल टेक हबका रूपमा विकास गर्न बजेटका लागि नास आइटीले दियो सुझाव

काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज् (नास आईटी) ले आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि सरकारलाई विभिन्न सुझाव दिएको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै नास आइटीले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न विभिन्न सुझावहरू दिएको जनाएको हो।

Tata
GBIME
Nepal Life

नास आइटीले आगामी वर्षको बजेटबाट विश्वसँग प्रतिष्पर्धा गर्नका लागि १० वर्षको लागि कर प्रोत्साहन नीति अगाडि सार्दै शून्य प्रतिशत कर्पोरेट कर र ८ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्नुपर्ने माग गरेको छ।

बजेटमार्फत सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुर्‍याउन कर्जाको व्यवस्था गर्न, आइटी कम्पनीका लागि बीमा पोलिसी ल्याएर ५ वर्षसम्म नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्न आइटी बोर्ड स्थापना गरिनुपर्ने र उक्त निकाय स्वायत्त निकाय हुनुपर्ने सुझावमा छ।

यस्तै, त्यसका लागि छुट्टै ऐन ल्याउन सुझाइएको छ। नास आइटीका अनुसार सरकारले सहरका विभिन्‍न भागहरूमा अवस्थित १५ हजारदेखि ३० हजार वर्ग फुट भवनहरू भाडामा लिएर आइटी पार्कमा हुने सुविधाहरूको व्यवस्था गरी साना आइटी पार्कमा परिणत गर्न सक्दछ।

नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने भिजनसहित स्थापना भएको आइटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आइटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, सशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको छ।