BIZMANDU
www.bizmandu.com

प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

२०८१ जेठ १३

प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने
प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

पोखरा। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंकले होटलसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

गत शुक्रबार एक समारोहका बीच होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

एग्रो मनाङ प्रालिद्वारा संचालित फार्म हाउस होटल विगत ५ वर्षदेखि संचालनमा आएको हो। हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधि पाएको प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यलयहरू, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर छन्।