BIZMANDU
www.bizmandu.com

वर्षाका कारण सबै उडान अवतरण अवरुद्ध, एयर चाइनाको जहाज चीन तिरै डाइभर्ट

२०८१ जेठ १३

वर्षाका कारण सबै उडान अवतरण अवरुद्ध, एयर चाइनाको जहाज चीन तिरै डाइभर्ट
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। भारी वर्षाका कारण कारण त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा सबै उडानहरु बन्द भएका छन्।

Tata
GBIME

वर्षातका कारण ‘रनवे भिजीब्लीटी’ एक हजार मिटर मात्र कायम भएका कारण बिहान ११ बजेर १५ मिनेट पछि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका अधिकांश उडान अवतरण प्रभावित भएको प्रवक्ता सुवाश झाले बताए।

‘आवश्य रनवे भिजीबिलीटी १६०० मिटर हो। तर अहिले भारी वर्षातका कारण पर्याप्त भिजीबिलीटी नभएपछि सबै उडान बन्द छन्,’प्रवक्ता झाले भने,’अबको १० देखि १५ मिनेटमा पर्‍याप्त भिजीबिलीटी कायम हुने देखिएको छ।’

उनका अनुसार भारी वर्षाका कारण चीनबाट काठमाडौं आइरहेको एयर चाइनमको जहाज चीन पनि तर्फै डाइभर्ट गरिएको छ।

आइतबार विमानस्थलमा आन्तरिक तर्फ २९८ वटा र अन्तर्राष्ट्रिय तर्फ ९७ वटा उडान अवतरणको तालिका रहेको छ।