BIZMANDU
www.bizmandu.com

उपत्यकामा नक्कली नोटको बिगबिगी : ललितपुरका एक किशोर प्रहरीको नियन्त्रणमा

२०८१ जेठ ११

उपत्यकामा नक्कली नोटको बिगबिगी : ललितपुरका एक किशोर प्रहरीको नियन्त्रणमा
उपत्यकामा नक्कली नोटको बिगबिगी : ललितपुरका एक किशोर प्रहरीको नियन्त्रणमा

काठमाडौं। ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन्।

Tata
GBIME

उनलाई ललितपुर महानगरपालिका-२ सानेपाबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक हजार रुपैयाँ दरका ५ थान नक्कली नोट बरामद गरेको छ।

प्रहरी बिट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत तराईका जिल्लामा नक्कली नोटको बिगबिगी छ।