BIZMANDU
www.bizmandu.com

सीजी मोटर्सले थापाथलीमा सञ्चालनमा ल्यायो आयोन ब्रान्डको गाडीको पहिलो सोरुम

२०८१ जेठ १०

सीजी मोटर्सले थापाथलीमा सञ्चालनमा ल्यायो आयोन ब्रान्डको गाडीको पहिलो सोरुम
सीजी मोटर्सले थापाथलीमा सञ्चालनमा ल्यायो आयोन ब्रान्डको गाडीको पहिलो सोरुम

काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी जीएसीको आयोन ब्रान्डको सोरुम काठमाडौंको थापाथलीमा सञ्चालनमा आएको छ।

Tata
GBIME

चौधरी ग्रुपअन्तगर्तको सीजी मोटर्सले आयोनको स्टेट अफ आर्ट सुविधा भएको मोडर्न सोरुम बिहीबारबाट थापाथलीमा सञ्चालनमा ल्याएको हो।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ र सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले संयुक्त रूपमा सोरुम उद्‍घाटन गरे। सोरुममा आयोनका नयाँ मोडलका गाडी सोकेस गरिएका छन्।

सीजीले व्यवसायी राजिव शाहले बनाएको भवनमा सोरुम सञ्चालनमा ल्याएको हो। यो भवनमा अन्य ब्रान्डका पनि सोरुम राख्ने कम्पनीको तयारी छ।

कम्पनी अन्य ब्रान्डका इभी ल्याउने क्रममा छ। आयोन केही महिना अगाडि मात्रै नेपाली बजारमा भित्रिएको ब्रान्ड हो।