BIZMANDU
www.bizmandu.com

युद्धग्रस्त युक्रेनको स्काइ अप जहाज चार्टर्ड उडानमार्फत नेपालमा, काठमाडौंबाट किन लगियो भैरहवा ?


युद्धग्रस्त युक्रेनको स्काइ अप जहाज चार्टर्ड उडानमार्फत नेपालमा, काठमाडौंबाट किन लगियो भैरहवा ?
युद्धग्रस्त युक्रेनको स्काइ अप जहाज चार्टर्ड उडानमार्फत नेपालमा, काठमाडौंबाट किन लगियो भैरहवा ?

काठमाडौं। युद्धग्रस्त युक्रेनको एक वायु सेवा कम्पनीको जहाज नेपाल आएको छ। युक्रेनको लोकस्ट चार्टर्ड कम्पनी स्काइ अप एयरलाइन्सको जहाज पहिलो पटक नेपालमा अवतरण भएको हो।

Tata
GBIME

लिबियामा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनालाई लिएर बोइङ ७३७-७०० सिरिजको जहाज इजिप्टको हुर्घाधा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

चार्टर्ड जहाज ५९ जना नेपाली सेना थिए। संयुक्त राष्ट्रसंघको आह्वानमा लिबियामा शान्ति स्थापना कार्यका लागि तैनाथ स्पेसल गार्ड युनिटको पाँचौं डफ्फामा कार्यरत नेपाली सेनाको नेतृत्व सेनानी मोहन सिंह भण्डारीले गरेका थिए।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज मंगलबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छ। जहाज जेठ १३ गते फर्कने तालिका छ।

प्राधिकरणका अनुसार स्काइ अपको जहाज काठमाडौंबाट बहराइन जाने छ। क्याप्टेन ओले पोपोभिच र सेर्जी ब्लिजनिकोभसहित चालक दलका सदस्य अहिले भैरहवामा नै छन्।

प्राधिकरणका सूचना अधिकारी भुलले त्रिभुवन विमानस्थलमा पार्किङस्थलको अभाव रहेकाले जहाजलाई भैरहवा पठाइएको बताए।

‘टीआईएमा धेरै दिनसम्म जहाज राख्न पार्किङको समस्या छ। त्यही कारण भैरहवा पठाएका हौं,’ उनले भने, ‘जेठ १३ गते फर्कने तालिका छ। त्यो दिने गन्तव्यमा जानु २ घण्टाअघि जहाज काठमाडौं आउनेछ।’