BIZMANDU
www.bizmandu.com

न्यूजिल्याण्डमा लोप भइसकेको चराको प्वांख अक्सनमा, ३७ लाख रुपैयाँमा बिक्री

२०८१ जेठ ९

न्यूजिल्याण्डमा लोप भइसकेको चराको प्वांख अक्सनमा, ३७ लाख रुपैयाँमा बिक्री
न्यूजिल्याण्डमा लोप भइसकेको चराको प्वांख अक्सनमा, ३७ लाख रुपैयाँमा बिक्री

न्यूजिल्याण्डबाट लोप भइसकेको हुया चराको प्वांख रेकर्ड मूल्यमा बिक्री भएको छ। अक्सनमा सो चराको प्वांख २८ हजार ४१७ अमेरिकी डलर (३७ लाख ८८ हजार रुपैयाँ) मा बिक्री भएको हो।

Tata
GBIME

सोही प्रजातिको चराको प्वांख यसअघि बिक्री भइसकेको थियो। यसपटक ४५० प्रतिशत बढी रकममा प्वांख लिलाम भएको हो।

न्यूजिल्याण्डको माओरी समुदायले हुया चरालाई पवित्र मान्छन्। समुदायको मुखिया र मानिसहरुले टाउकोमा सो चराको प्वांख सजाउने गर्थे।

सो चरा पछिल्लोपटक सन् १९०७ मा देखिएको रेकर्ड छ। त्यसपछिको २० देखि ३० वर्षमा पनि सो चरा देखिएको अपुष्ट दाबी छ।

बिक्री भएको प्वांख उत्कृष्ट अवस्थामा रहेको अक्सन हाउसले जनाएको छ।