BIZMANDU
www.bizmandu.com

चिनियाँ इभी ब्रान्ड ‘नामी’ नेपाली बजारमा भित्रियो, मूल्य ३९ लाख ९९ हजार

२०८१ जेठ ९

चिनियाँ इभी ब्रान्ड ‘नामी’ नेपाली बजारमा भित्रियो, मूल्य ३९ लाख ९९ हजार
चिनियाँ इभी ब्रान्ड ‘नामी’ नेपाली बजारमा भित्रियो, मूल्य ३९ लाख ९९ हजार

काठमाडौं । चिनियाँ इभी ब्रान्ड ‘नामी’ आफ्नो बक्स मोडलको गाडी लिएर नेपाली बजारमा भित्रिएको छ। गाडीको आधिकारिक बिक्रेता एमडब्लु वृद्धि अटोकर्पले उक्त ब्रान्ड नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME

कम्पनीले बुधबार नामी बक्स मोडलको अधिकतम खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको हो। गाडीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

डङफेङ मोटरले उत्पादन गरेको यो ह्याचब्याक कारमा ७० किलोवाट क्षमताको मोटर छ। यो इभी ३.७ मिटर लामो, १.५ मिटर चौडाई र १.५ मिटर उचाईको छ। यसको ह्वीलबेस २ हजार ४२३ एमएमको छ।

साथै, टु ह्वील ड्राइभ सिस्टम रहेको यो गाडी दुई वटा १५.९७४ किलोवाट आवर र २७.१७ किलोवाट आवर क्षमतामा उपलब्ध छन्।

यसमा भएको ब्याट्री फुल चार्ज गर्दा ३३० किलोमिटर दुरी पार गर्न सकिन्छ।