BIZMANDU
www.bizmandu.com

बन्जी जम्प सशस्त्र प्रहरीको तालिममा समावेश, द क्लिफमा ४५ प्रशिक्षार्थी अधिकृतले गरे बन्जी जम्प

२०८१ जेठ ८

बन्जी जम्प सशस्त्र प्रहरीको तालिममा समावेश, द क्लिफमा ४५ प्रशिक्षार्थी अधिकृतले गरे बन्जी जम्प
बन्जी जम्प सशस्त्र प्रहरीको तालिममा समावेश, द क्लिफमा ४५ प्रशिक्षार्थी अधिकृतले गरे बन्जी जम्प

काठमाडौं। सशस्त्र प्रहरीले बन्जी जम्पलाई पनि आफ्नो तालिममा समावेश गरेको छ। सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत ४५ जना प्रशिक्षार्थी अधिकृतलाई बन्जी जम्प गराएको छ।

Tata
GBIME

पर्वतको कुश्मास्थित ‘द क्लिफमा’ प्रशिक्षार्थी अधिकृतलाई बन्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए। यो वर्षदेखि बन्जी जम्प समावेश गरी तालि प्याकेजलाई थप साहसिक बनाइएको प्रतिष्ठानले जनाएको छ।

क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलले तालिमको एउटा हिस्साका रुपमा आफ्नो बन्जीलाई छनोट गरेकामा खुशी व्यक्त गरे।