BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सकस, प्रतिपक्षको विरोधले बैठकको समय सर्दै

२०८१ जेठ ७

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सकस, प्रतिपक्षको विरोधले बैठकको समय सर्दै
प्रधानमन्त्रीलाई विश्वासको मत लिन सकस, प्रतिपक्षको विरोधले बैठकको समय सर्दै


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको संसदमा सोमबार बैठक सुरु हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध जारी राखेको छ।

Tata
GBIME

आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका थिए। लामिछानेले आफ्नो बचाउमा प्रमुख प्रतिपक्षमाथि विभिन्न आरोप लगाएका थिए। जसको जबाफ कांग्रेसले दिन पाएको थिएन।

लगाएका आरोप छानबिन गर्न चुनौती दिएको कांग्रेसले सोमबार सुरुमै अवरोध थालेपछि बैठक १५ मिनेट स्थगित भएको छ।