BIZMANDU
www.bizmandu.com

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशत छूट, कार्डबाट भुक्तानी गर्नुपर्ने

२०८१ जेठ ६

कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशत छूट, कार्डबाट भुक्तानी गर्नुपर्ने
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होममा १० प्रतिशत छूट, कार्डबाट भुक्तानी गर्नुपर्ने


काठमाडौं। कुमारी बैंकका ग्राहकले भक्तपुरको दरबार स्क्वायरमा रहेको होटल भिन्टेज होममा १० प्रतिशत छूट पाउने भएका छन्।

Tata
GBIME

बैं‌कले आफ्ना ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा आइतबार होटलसँग सम्झौता गरेको छ।

होटलले प्रदान गर्ने सेवा तथा सुविधामा आफ्ना ग्राहकले १० प्रतिशत छूट पाउने बैंकले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ। छूट सुविधाका लागि बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।