BIZMANDU
www.bizmandu.com

करमा विवाद आउन नदिन राजस्व बोर्ड गठन गर्न पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

२०८१ जेठ ४

करमा विवाद आउन नदिन राजस्व बोर्ड गठन गर्न पूर्वअर्थमन्त्री खतिवडाको सुझाव
करमा विवाद आउन नदिन राजस्व बोर्ड गठन गर्न पूर्वअर्थमन्त्री खतिवडाको सुझाव

काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले करमा स्थिरताका लागि व्यावसायिक जगत एकजुट हुनुपर्ने बताएका छन्।

Tata
GBIME

बिजमाण्डूले शुक्रबार काठमाडौंमा गरेको प्रि बजेट कन्फ्रेन्सको ‘स्थिर र प्रभावकारी कर नीति, जसले दिन सक्छ अर्थतन्त्रलाई गति’ शीर्षकको तेस्रो सेसनमा उनले व्यावसायिक जगत नै विभाजित रहेकाले पनि करमा स्थिरता नभएको बताए।

‘एउटा समूहले चिनीको भन्सार दर बढाउनुपर्‍यो भन्छ। अर्को समूहले हाम्रो मुख्य कच्चा पदार्थ भएकाले बढाउनु हुँदैन भन्छ। व्यवसायीमा नै एकमत छैन,’ उनले भने। उनले कुन करको दर बढी भयो भन्ने स्पष्ट पार्न व्यवसायीसँग आग्रह गरे।

पूर्वअर्थमन्त्री डा. खतिवडाले करमा विवाद आउन नदिन राजस्व बोर्ड गठन गरी त्यसको सुझावका आधारमा निर्णय गर्न सरकारलाई सुझाव दिए।

उनले अवैध आयातलाई निरुत्साहित गर्नुपर्नेमा पनि जोड दिए। ‘केही समययता सीमा प्रशासन कमजोर भएर अवैध आयात चिन्ताको विषय बनेको छ। अर्थतन्त्रमा समस्या आएको छ। यसमा सुधार आवश्यक छ,’ उनले भने।

उनले सरकारले लगानी सम्मेलन गरेर नेपालमा व्यवसाय गर्न आग्रह गरिरहेको अवस्थामा कर्पोरेट ट्याक्स घटाउनुपर्ने आवश्यकता औंल्याए। ‘विदेशी लगानीकर्तालाई बोलाइरहेको अवस्थामा उनीहरुको देशमा के कस्तो अवस्था छ भन्ने हेरी कर्पोरेट ट्याक्समा विचार गर्न आवश्यक छ,’ उनले भने।