BIZMANDU
www.bizmandu.com

महानगरको सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि, १ हजार १३५ जनाको कोटा

२०८१ जेठ ३

महानगरको सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि, १ हजार १३५ जनाको कोटा
महानगरको सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि, १ हजार १३५ जनाको कोटा

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुंडिखेलमा संचालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण भोलि सकिँदैछ। वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए।

Tata
GBIME
Nepal Life

यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो। यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएको महानगरले जनएको छ।

३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ। आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण संचालन भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जना कार्यक्रममा सहभागी थिए।

दोस्रो चरणको कक्षा जेठ ६ गते आइतबारबाट सुरु हुने महानगरले जनाएको छ। यसमा १ हजार १३५ जनाको कोटा छ। यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ।  

तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन्। 

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ, सीसीटीभी क्यामरा, मोवाइल रिपेयरिङ, वेल्डिङ, टेलरिङ/ड्रेस मेकिङ्, फेसन डिजाइनिङ, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन्।