BIZMANDU
www.bizmandu.com

इप्पानले गृहमन्त्रीलाई भेटेर भन्यो- जलविद्युत आयोजनका लागि अलग्गै सुरक्षा नीति चाहियो

२०८१ जेठ २

इप्पानले गृहमन्त्रीलाई भेटेर भन्यो- जलविद्युत आयोजनका लागि अलग्गै सुरक्षा नीति चाहियो
इप्पानले गृहमन्त्रीलाई भेटेर भन्यो- जलविद्युत आयोजनका लागि अलग्गै सुरक्षा नीति चाहियो


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत आयोजनाका लागि अलग्गै ‘सुरक्षा नीति’ बनाउन माग गरेको छ।

GBIME
Tata

इप्पानका अध्यक्ष गणेश कार्कीसहितको टोलीले बुधबार गृह मन्त्रालय पुगेर मन्त्री लामिछानेलाई भेटी ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानका लागि अलग्गै सुरक्षा नीति बनाएर लागू गर्न माग गरेको हो।

कार्कीले प्रसारण लाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रत्यक्षरुपमा प्रभावित भइरहेको भन्दै अवरोध अन्त्य गर्न पनि आग्रह गरे।

मन्त्री लामिछानेले जलविद्युत आयोजनाका लागि अलग्गै सुरक्षा नीति बनाएर लागू गराउने प्रतिबद्धता जनाएको इप्पानले जनाएको छ।

उनले आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा साथ चाहिएमा मन्त्रालयले सहयोग गर्ने पनि बताएका छन्। कसैले चन्दा मागेर दु:ख दिएको भए त्यसबारे अवगत गराउन पनि मन्त्री लामिछानेले भनेको इप्पानले जनाएको छ।