BIZMANDU
www.bizmandu.com

उत्पादन र राेजगारी वृद्धिमा १६ औं योजना केन्द्रित, प्रतिव्यक्ति आय २ हजार ३५१ डलर

२०८१ जेठ २

उत्पादन र राेजगारी वृद्धिमा १६ औं योजना केन्द्रित, प्रतिव्यक्ति आय २ हजार ३५१ डलर
उत्पादन र राेजगारी वृद्धिमा १६ औं योजना केन्द्रित, प्रतिव्यक्ति आय २ हजार ३५१ डलर


काठमाडौं। राष्ट्रिय याेजना आयाेगले १६ औं योजनामा औसत् आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य लिएकाे छ। २०८५/८६ सम्म आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको हो।

Tata
GBIME
NLIC

आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले याेजनाकाे अन्तिम वर्ष २०८५/८६ सम्म प्रति व्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिइएकाे जानकारी दिए।

चालु आर्थिक वर्षकाे अन्तिमसम्म भने प्रति व्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान आयोगले गरेको छ।

साेह्राैं याेजनामा रणनीतिक याेजनाहरू समावेश रहेको श्रेष्ठले बताएका छन्। उनले यसअघिका भन्दा १६ औं याेजना फरक रहेको दाबी गरे।

१५ औं याेजनाको लक्ष्य र वास्तविकताबीच अन्तर रहेको भन्दै उनले १६ औं याेजनाकाे मूल लक्ष्य कार्यान्वयन गर्नु भएको बताए।

‘हरेक मन्त्रालयले गर्नुपर्ने ५ वर्षीय कार्यहरू समावेश छन्। स्थानीय तह, प्रदेश, संघ लगायत ३ हजार बढीसँग अन्तर्क्रिया गरेर तयार पारिएकाे छ। याे याेजनाले विस्तृत रूपमा समस्या र चुनाैतीलाई अध्ययन अनुसन्धान गरेर समाधानका लागि निर्क्योल निकालिएकाे छ,’ उनले भने।

अहिलेकाे अर्थतन्त्रको समस्या उत्पादन र राेजगारी कमी हुनु भएको उनले बताए। १६ औं योजनामा उत्पादन र राेजगारी वृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ।

‘सरकार तीन तहकाे भएपछि सामाजिक क्षेत्रकाे पहिलेकाे आधार उल्टिएकाे छ। सबै पूर्वाधार निर्माणतिर लाग्दा सामाजिक उपलब्धिहरू अलि ओझेल परेका छन्। अबकाे विकास आर्थिक सामाजिक साथै वातावरणीय पक्षबाट विकासका आयामहरू हुनुपर्छ भन्ने हिसाबले त्यसै अनुसार यथार्थवादी रणनीति बनाइएकाे छ,’ उनले भने।