BIZMANDU
www.bizmandu.com

भुर्तेल र ऐरीको अर्धशतकमा नेपालले पछ्यायो विनवार्डसले दिएको १९७ रनको लक्ष्य

२०८१ जेठ २

भुर्तेल र ऐरीको अर्धशतकमा नेपालले पछ्यायो विनवार्डसले दिएको १९७ रनको लक्ष्य
भुर्तेल र ऐरीको अर्धशतकमा नेपालले पछ्यायो विनवार्डसले दिएको १९७ रनको लक्ष्य


काठमाडौं। नेपाली क्रिकेट टोलीले विनवार्डस क्रिकेट टोलीलाई हराएको छ। टी-२० विश्वकपको तयारीका लागि सेन्ट भिन्सेन्ट पुगेको नेपालले विनवार्डसलाई ४ विकेटको अन्तरले हराएको हो। पिक हिल प्लेइङ फिल्डमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।

Tata
GBIME
NLIC

सुरुवाती ब्याटिङमा उत्रिएको घरेलु टोलीले डिलोन डोउग्लासको अर्धशतकको सहायतामा ८ विकेट गुमाएर १९६ रन बनायो। विनवार्ड्सका लागि डोउग्सासले सर्वाधिक ६० रन बनाउँदा ए. अगस्टिनले ४१ रन बनाए।

नेपालका लागि ३ ओभर बलिङ गरेका कप्तान पौडेलले सर्वाधिक ३ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपाललाई लक्ष्यसम्म पुर्‍याउन कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे।

१०.३ ओभरमा नेपाल ८९-५ को अप्ठयारो अवस्थामा परेका बेला यी दुईले साझेदारी सुरु गरेका थिए। भुर्तेलले ४२ बलमा ७१ रन बनाउँदा ऐरी २५ बलमा ५२ रनमा अविजित रहे। त्यस्तै सोमपाल कामीले ३१ तथा मोहम्मद आशिफ शेखले २६ रन बनाए।

विश्वकपको तयारीमा रहेको नेपालले सोही टिमसँग बिहीबार अर्को खेल खेल्दैछ।