BIZMANDU
www.bizmandu.com

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा, सीएनआईको अभियानलाई थप प्रभावकारी बनाउने

२०८१ जेठ १

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा, सीएनआईको  अभियानलाई थप प्रभावकारी बनाउने
नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा, सीएनआईको अभियानलाई थप प्रभावकारी बनाउने

काठमाडौं। नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम ओझा नियुक्त भएका छन्। ओझालाई मंगलबार परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले स्वागत गरे।

Tata
GBIME
NLIC

द काठमान्डौं पोष्ट र नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरेका ओझाले लगानी बोर्ड र नेपाल पूर्वाधार बैंकमा पनि काम गरेका थिए। उनले पछिल्लोपटक निजगढ विमानस्थलमा लगानीको मोडलबारे सुझाव दिन गठित सरकारी समितिमा सदस्यका रुपमा काम गरेका थिए।

परिसंघका अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्धन, रोजगारी सिर्जना र आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे।

नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए।