BIZMANDU
www.bizmandu.com

चलचित्र पर्यटन : हलिउड र बलिउडका फिल्म निर्मातालाई छायांकनका लागि आकर्षित गर्ने

२०८१ जेठ १

चलचित्र पर्यटन : हलिउड र बलिउडका फिल्म निर्मातालाई  छायांकनका लागि आकर्षित गर्ने
चलचित्र पर्यटन : हलिउड र बलिउडका फिल्म निर्मातालाई छायांकनका लागि आकर्षित गर्ने


काठमाडौं । सरकारले  अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरि चलचित्र पर्यटन प्रवर्धन गर्ने नीति लिएको छ।

Tata
GBIME
NLIC

आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आकर्षित गर्ने सरकारको नीति रहेको बताएका हुन्।

यस्तै, सांस्कृतिक तथा धार्मिक स्थलहरुको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गर्ने, बुद्ध परिपट, विश परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।