BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरले वातावरणीय अध्ययन गर्ने, विषय विज्ञका लागि आवेदन माग

२०८१ जेठ १

काठमाडौं महानगरले वातावरणीय अध्ययन  गर्ने, विषय विज्ञका लागि आवेदन माग
काठमाडौं महानगरले वातावरणीय अध्ययन गर्ने, विषय विज्ञका लागि आवेदन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने भएको छ। आज सूचना निकालेर महानगरले समितिमा रहने विज्ञहरुको सूची तयार पर्ने कार्य भइरहेको जनाएको हो।

Tata
GBIME
Nepal Life

महानगरले विज्ञका रुपमा काम गर्न चाहनेहरुका लागि आवेदन आह्वानसमेत गरेको छ। महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, वातावरण कानुनविद्, मानवशास्त्री र समाजशास्त्रीसहित विभिन्न विषय विज्ञका लागि माग गरेको हो।

इच्छुक व्यक्तिहरुका लागि शैक्षिक र कार्यगत योग्यता पनि महानगरले तोकेको छ।