BIZMANDU
www.bizmandu.com

ब्रोकर कमिसन घटाउने सेबोनको निर्णय आजदेखि लागू, नयाँ शुल्क कति ?

२०८१ जेठ १

ब्रोकर कमिसन घटाउने सेबोनको निर्णय आजदेखि लागू, नयाँ शुल्क कति ?
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को ब्रोकर कमिसन घटाउने निर्णय कार्यान्वयनमा आएको छ। अर्थमन्त्रालयको सहमतिपछि बोर्डले वैशाख २३ मा ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो।

Tata
GBIME
NLIC

नयाँ ब्रोकर कमिसन मंगलबारदेखि लागू भएको छ। बोर्डले १० प्रतिशत विन्दुले ब्रोकर शुल्क घटाएको हो। ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन रहेकोमा अब ०.३६ प्रतिशत लाग्नेछ।

५० हजारदेखि ५ लाखसम्मको कारोबारमा लगानीकर्ताले ०.३३ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ। यसअघि यस्तो शुल्क ०.३७ प्रतिशत थियो।

त्यस्तै, ५ लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत शुल्क लाग्ने छ। यसअघि ०.३४ प्रतिशत ब्रोकर कमिसन थियो।

२० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत रहेकोमा ०.२७ प्रतिशत कमिसन शुल्क कायम भएको छ। त्यस्तै १ करोड रुपैयाँ बढीको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएकोमा अब ०.२४ प्रतिशत लाग्ने भएको छ।