BIZMANDU
www.bizmandu.com

सुन तोलामा ७ सय घट्यो, कारोबार १ लाख ३७ हजार ४ सयमा, चाँदी बढ्यो

२०८१ जेठ १

सुन तोलामा ७ सय घट्यो, कारोबार १ लाख ३७ हजार ४ सयमा, चाँदी बढ्यो
सुन तोलामा ७ सय घट्यो, कारोबार १ लाख ३७ हजार ४ सयमा, चाँदी बढ्यो

काठमाडौं। सुनको मूल्य घट्न थालेको छ।अघिल्लो दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको हो। मंगलबारका लागि बजार मूल्य प्रति तोला १ लाख ३७ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

सोमबार ३ सय रुपैयाँ घट्दा कारोबार मूल्य प्रति तोला १ लाख ३८ हजार १ सय रुपैयाँ थियो।

चाँदीको कारोबार मूल्यमा भने बढोत्तरी छ। २५ रुपैयाँ बढ्दा मंगलबार चाँदी प्रति तोला १ हजार ७ सय ४० रुपैयाँ भएको छ। सोमबार तोलाको १ हजार ७ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतिऔंस २३५२.५५ डलर रहेको सुन मंगलबार घटेर २३४२.९७ डलर भएको छ।

चाँदी प्रतिऔंस २८.०५ डलरबाट बढेर २८.४४ डलरले कारोबार भइरहेको छ।