BIZMANDU
www.bizmandu.com

महानगर प्रमुख बालेन फ्रान्स प्रस्थान, ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने

२०८१ जेठ १

महानगर प्रमुख बालेन फ्रान्स प्रस्थान, ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने
महानगर प्रमुख बालेन फ्रान्स प्रस्थान, ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुने


काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन्। उनी फेस्टिभलका सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन्।

Tata
GBIME
NLIC

फ्रान्समा रहँदा उनी विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग पनि उनको भेटवार्ता हुनेछ।

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा पनि बालेन सहभागी हुने महानगरले जनाएको छ। यस्तै, अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्ने पनि कार्यतालिका छ।

कान्सको मल्टिमिडिया लाइब्रेरीमा हुने रिसेप्सनमा उनी सहभागी हुने महानगरले जनाएको छ। १२ दिन चल्ने फेस्टिभलमा बालेन ३ दिनको कार्यक्रममा सहभागी हुनेछन्। उनी जेठ ७ गते स्वदेश फर्किनेछन्